सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने - Chaitanya News
  • 2026-05-08
  • 12:18:23
  • शुक्रबार,बैशाख २५, २०८३
  • सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने

    सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने

    काठमाडौं – सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिका लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए ।

    प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।