काठमाडौँ– आज (आइतबार) निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारी अन्तर्गत माघ १० देखि १८ गतेसम्म सम्पादित कामको विवरण सार्वजनिक गरेको छ।
गतहप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकारवालाहरूका जिज्ञासा सम्बोधन लगायतका कार्यसम्पादन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
![]()
![]()
![]()