काठमाडौं– निर्वाचन आयोगले आगामी फागुनमा २१ गतेका लागि तय भएको हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको जानकारी दिएको छ।
आज (आइतबार) विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकार िदिए।
२५ जिल्लाको ३० लाख मतपत्र प्रत्यक्षतर्फको छापेर सकिएको छ,’ आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने।
उनका अनुसार, अब १ करोड ७० लाख मतपत्र छाप्न बाँकी छ। एक दिनमा १२ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको पनि उनले बताए।
यो संख्यामा मतपत्र छपाइ हुँदा तोकिएकै समयमा सकिनेगरी आयोगले काम अघि बढाएको उनले जानकारी दिए।
‘आफ्नो कार्यतालिका बमोजिमका कामहरू तोकिएको समयभित्रै सकिनेगरी लागेका छौं,’ प्रवक्ता भट्टराईले भने।