राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउनु हुँदैन : अध्यक्ष ढकाल - Chaitanya News
  • 2026-05-05
  • 09:29:45
  • मंगलबार,बैशाख २२, २०८३
  • राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउनु हुँदैन : अध्यक्ष ढकाल

    राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउनु हुँदैन : अध्यक्ष ढकाल

    काठमाडौँ– नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा आज आफ्नो धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेन्डा स्थापित हुनुपर्ने बताएका छन्। यस्तै,अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उनले बताए।

    उनले भने, कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेको छैन् । ‘राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ। आफ्ना एजेन्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्।

    यसैगर,ि उनका अनुसार, निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेर्को छ । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन। रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबिच कोओर्डिनेसन छैन। डिसिजन गर्दा पपुलारिजम खोज्ने गरेका छन्। राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ।’

    निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ।