‘चैतन्य प्रतिभा सम्मान समारोह–२०८२ सम्पन्न एक हजार बढी विद्यार्थी सम्मानित - Chaitanya News
  • 2026-04-26
  • 16:19:41
  • आइतबार,बैशाख १३, २०८३
  • ‘चैतन्य प्रतिभा सम्मान समारोह–२०८२ सम्पन्न एक हजार बढी विद्यार्थी सम्मानित

    ‘चैतन्य प्रतिभा सम्मान समारोह–२०८२ सम्पन्न एक हजार बढी विद्यार्थी सम्मानित

    धनगढी– शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मान भन्ने मूल भावलाई आत्मसात् गर्दै अघि बढिरहेको चैतन्य पाठशालाले ‘चैतन्य प्रतिभा सम्मान समारोह–२०८२ आज सम्पन्न गरेको छ।

    समारोहमा शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता, खेलकुद, विज्ञान–प्रविधि तथा सृजनशीलताका विभिन्न विधामा उल्लेखनीय उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको हो । प्रतिभा वान विद्यार्थीहरूलाई सिल्ड मेडल र प्रमाण पत्र गरिएको हो ।

    पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का रहेका थिए ।

    चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले संस्थाले अपनाउँदै आएको संस्कारयुक्त, खेलमैत्री प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित शिक्षाले नै विद्यार्थीहरूलाई राष्ट्रिय तथा प्रादेशिक स्तरका प्रतियोगितामा सफल बनाएको उल्लेख गरे । उनले हालै सम्पन्न सुदूरपश्चिम आइटी रोबोटिक्स प्रतियोगितालगायत विभिन्न क्षेत्रमा चैतन्यका विद्यार्थीहरूले हासिल गरेका उपलब्धिहरूले यसको पुष्टि गरेको समेत बताए ।

    समारोहमा अभिभावक, शिक्षक, शिक्षाविद्, विद्यार्थी तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै अझ राम्रो गर्ने प्रेरणा दिने र यो सम्मानले विद्यार्थीमा थप खेल भावनाको विकास हुने चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

    शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै आएको चैतन्य पाठशालाको चैतन्य प्रतिभा सम्मान समारोह–२०८२ भविष्यका सक्षम, जिम्मेवार र नवप्रवर्तनशील नागरिक निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा आफूले लिएको र शिक्षा केवल किताबी ज्ञानमा सीमित नरही जीवन उपयोगी सीप, अनुशासन र नैतिकताको विकाससँग जोडिनुपर्नेमा प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले जोड दिए । उनले चैतन्य पाठशालाले शिक्षा, संस्कार, खेलकुद र विज्ञानलाई एकैसाथ अघि बढाउँदै उदाहरणीय काम गरिरहेको र चैतन्य पाठशालाले गर्ने खेलकुदका कार्यक्रममा तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् समेत सदैव सहयोग गर्ने बताए ।

    कार्यक्रमको समापनमा बोल्दै पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीले पाठशालाले समय समयमा यस्ता कार्यक्रमको आयोजना गरेर विद्यार्थीका अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने कार्य गर्दै आएको बताए ।