एकल बहुमत ल्याएर फागुन २१ पछि ओलीलाई प्रधानमन्त्री बनाउँछौं : भानुभक्त ढकाल - Chaitanya News
  • 2026-06-21
  • 19:08:30
  • आइतबार,आषाढ ०७, २०८३
  • एकल बहुमत ल्याएर फागुन २१ पछि ओलीलाई प्रधानमन्त्री बनाउँछौं : भानुभक्त ढकाल

    एकल बहुमत ल्याएर फागुन २१ पछि ओलीलाई प्रधानमन्त्री बनाउँछौं : भानुभक्त ढकाल

    काठमाडौँ– नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिभि सभा निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

    आज (शुक्रबार) राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा एमालेले एकल बहुमत ल्याएर अध्यक्ष ओली नेतृत्वको सरकार बनाउने जिकिर गरे।

    उनले भने, ‘चुनावपछि हामी निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनेछौँ। र एमाले अध्यक्षको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाएर मुलुकमा आएका अस्थिरता र अराजकता समाप्त गर्नेछौँ।’

    उनले पार्टीपंक्तिलाई चुनावी अभियानमा केन्द्रित हुन आग्रह गरे। उनले झापा ५ मा ओलीले जित्ने दाबी गर्दै समानुपातिकतर्फ सबैलाई मत हाल्न आग्रह गरेका छन्।