शंकर पोखरेलले भने: नेपालीभूमि भारत–चीनविरुद्ध प्रयोग गर्ने षड्यन्त्र हुँदैछ - Chaitanya News
  • 2026-04-29
  • 10:00:27
  • बुधबार,बैशाख १६, २०८३
  • शंकर पोखरेलले भने: नेपालीभूमि भारत–चीनविरुद्ध प्रयोग गर्ने षड्यन्त्र हुँदैछ

    शंकर पोखरेलले भने: नेपालीभूमि भारत–चीनविरुद्ध प्रयोग गर्ने षड्यन्त्र हुँदैछ

    काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्ने षडयन्त्र भइरहेको बताएका छन्।

    आज (शुक्रबार) प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रियास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको बताए।

    यस्तैमहासचिव पोखरेलले भने, ‘नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको छ। भविष्यलाई समेत त्यसलाई निरन्तरता दिन एकहिसावले भन्दा जिलेन्सी जन्माउने योजनाका साथ चुनावी अभियान अगाडि बढाउने प्रयत्न भइरहेको छ।’

    नेपाललाई दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध प्रयोग गर्ने शक्ति राष्ट्रहरूको प्रयास नेकपा एमालेले सफल हुन नदिने उनले जिकिर गरे।

    ‘नेकपा एमाले त्यस्ता षड्यन्त्रलाई सफल हुन नदिन तथा मुलुकको स्वाभीमान, स्वाधीनता र राष्ट्रियहितलाई अझ मजबुत बनाउन नेकपा एमाले योजनाका साथ क्रियाशील छ,’ उनले भने, ‘हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनका विरुद्धमा शक्ति राष्ट्रहरूको चलखेल गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्न नदिने, नेपाल राष्ट्रलाई कमजोर हुन नदिने योजनाका साथ अगाडि बढिरहेका छौं।’

    उनले आउँदो निर्वाचन अघिपछिजस्तो नभई विशिष्ट अवस्थाको भएको बताए।