प्रतिनिधिसभा निर्वाचनः अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै - Chaitanya News
  • 2026-04-29
  • 09:59:45
  • बुधबार,बैशाख १६, २०८३
  • प्रतिनिधिसभा निर्वाचनः अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

    प्रतिनिधिसभा निर्वाचनः अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

    तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ।

    समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण सङ्कन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ। हालसम्म आचारसंहिता उल्लङ्घनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन्। यो जिल्लामा दुई निर्वाचन क्षेत्र छन्।