राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत - Chaitanya News
  • 2026-05-03
  • 01:11:44
  • शनिबार,बैशाख १९, २०८३
  • राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत

    राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

    आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन्।

    नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन्।

    नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।