प्रतिनिधि सभा निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल - Chaitanya News
  • 2026-04-26
  • 17:18:35
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधि सभा निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल

    प्रतिनिधि सभा निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल

    काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच औपचारिक संवाद भएको छ।

    आज बिहिवार) आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीबारे छलफल भएको हो।

    बैठकमा निर्वाचन प्रक्रियालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक तथा सुरक्षा पक्षका विषयहरूमा विचार–विमर्श गरिएको जनाइएको छ।

    सो अवसरमा निर्वाचन आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।