किन गरे चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपतिले विदेश भ्रमण तय ? - Chaitanya News
  • 2026-05-03
  • 03:06:37
  • शनिबार,बैशाख १९, २०८३
  • किन गरे चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपतिले विदेश भ्रमण तय ?

    किन गरे चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपतिले विदेश भ्रमण तय ?

    काठमाडौँ– सरकार आसन्न फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने तयारीमा रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवले भने विदेश भ्रमण तय गरेका छन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणका लागि त्यता जाने तयारीमा छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेललाई जापानले भ्रमणका लागि बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ ९वि।सं।२०१३ भदौ १७० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। अहिले जापानमा पनि चुनावको तयारी भइरहेको छ ।

    राष्ट्रपति पौडेल फर्केकै दिन उपराष्ट्रपति यादव युएई जाने तयारी भइरहेको छ। युएईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उपराष्ट्रपति यादवको युएई जाने कार्यक्रम पहिला नै तय भइसकेका कारण राष्ट्रपति पौडेलको भ्रमण तालिका छोटो बनाएको परराष्ट्रका एक अधिकारीले बताए।

    राष्ट्रपति तथा उपराष्ट्रपति एकैपटक देश बाहिर रहन नहुने परम्परा छ। त्यसैले राष्ट्रपति पौडेलको भ्रमणलाई छोटो बनाएको बताइएको छ।

    नेपाल–जापान सम्बन्ध प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० मा राष्ट्रपति पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मान गरेको थियो। त्यसबेला पौडेल कांग्रेसका वरिष्ठ नेता थिए।