चार जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् (सूचनासहित) - Chaitanya News
  • 2026-04-26
  • 19:37:57
  • आइतबार,बैशाख १३, २०८३
  • चार जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् (सूचनासहित)

    चार जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् (सूचनासहित)

    काठमाडौँ– चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो ।

    आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर िरिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

    बढुवा समितिको आइतवारको निर्णयअनुसार नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल विविध सेवा, निर्देशक (कम्प्युटर),(राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना र नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्डलाइफ समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।