राष्ट्रिय सभा निर्वाचन: मतदान कार्य सम्पन्न, देशभर ९५.६८ प्रतिशत मत खस्यो - Chaitanya News
  • 2026-05-03
  • 06:10:27
  • आइतबार,बैशाख २०, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: मतदान कार्य सम्पन्न, देशभर ९५.६८ प्रतिशत मत खस्यो

    राष्ट्रिय सभा निर्वाचन: मतदान कार्य सम्पन्न, देशभर ९५.६८ प्रतिशत मत खस्यो

    काठमाडौँ– आज (आइतबार) बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनमा देशभर उच्च सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये ९५.६८ प्रतिशतले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्।

    आयोगले उपलब्ध गराएको जानकारीअनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको थियो। तोकिएको समय सीमाभित्रै सबै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको आयोगले जनाएको छ।

    निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। कुनै गम्भीर अवरोध वा अप्रिय घटना नदेखिएको आयोगको प्रारम्भिक मूल्यांकन छ।

    आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना प्रक्रिया सुरु गरिनेछ। आयोगले मतगणना कार्य पनि पारदर्शी र नियमानुसार सञ्चालन गरिने जनाएको छ।