राष्ट्रिय सभा निर्वाचन: बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु - Chaitanya News
  • 2026-05-03
  • 06:10:27
  • आइतबार,बैशाख २०, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु

    राष्ट्रिय सभा निर्वाचन: बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु

    काठमाडौँ– राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा पनि मतगणना सुरु भएको छ। यसअघि कोशी र गण्डकीमा मतगणना सुरु भएको थियो।

    राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। मतदान सम्पन्न भएसँगै मतगणना सुरु गरिएको हो।

    बागमतीमा २, लुम्बिनीमा ३ र कर्णालीमा दुई सिटका लागि निर्वाचन भएको हो।