लुम्बिनी प्रदेशमा हालसम्म २८६ मत खस्यो - Chaitanya News
  • 2026-05-03
  • 06:10:08
  • आइतबार,बैशाख २०, २०८३
  • लुम्बिनी प्रदेशमा हालसम्म २८६ मत खस्यो

    लुम्बिनी प्रदेशमा हालसम्म २८६ मत खस्यो

    बुटवल– लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान जारी छ। निर्वाचनमा दिउँसो साढे २ बजेसम्म २८६ मत खसेको छ।

    प्रदेशसभा सदस्यतर्फ ७८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २०८ जनाले मतदान गरेका छन् ।

    प्रदेशसभा र स्थानीय गरी हालसम्म जम्मा २८६ जनाले मतदान गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। मतदान गर्ने समय दिउँसो ३ बजेसम्म तोकिएको छ।