६ जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-26
  • 20:27:26
  • आइतबार,बैशाख १३, २०८३
  • ६ जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    ६ जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो ।

    आज (आइतबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

    बढुवा समितिको शनिवारको निर्णयअनुसार नेपाल कृषि सेवा, भेटेरिनरी समूह, (राजपत्रांकित द्वितीय श्रेणी)अन्तर्गत दुई जना, नेपाल कृषि सेवा, खाद्य, पोषण तथा गुण नियन्त्रक समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना र नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत तीन जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।