सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं : देव गुरुङ - Chaitanya News
  • 2026-06-23
  • 19:59:01
  • मंगलबार,आषाढ ०९, २०८३
  • सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं : देव गुरुङ

    सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं : देव गुरुङ

    बुटवल– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन्।

    तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउंमा उभिनुको विकल्प नभएको बताए।

    वामपन्थी दलहरु एकतावद्ध नभए गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि गुम्दै जाने गुरुङको दावी छ।

    ‘सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्छ’(गुरुङले भने–‘सबै कम्युनिष्ट घटकहरू मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं।’

    उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समेट्ने प्रक्रियामा रहेको बताए।