मनाङमा एमाले र राप्रपाका उम्मेदवारले गरे उम्मेदवारी फिर्ता, निर्वाचन समीकरणमा फेरबदल - Chaitanya News
  • 2026-11-02
  • 18:02:10
  • सोमबार,कार्तिक १७, २०८३
  • मनाङमा एमाले र राप्रपाका उम्मेदवारले गरे उम्मेदवारी फिर्ता, निर्वाचन समीकरणमा फेरबदल

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले गरे उम्मेदवारी फिर्ता, निर्वाचन समीकरणमा फेरबदल

    काठमाडौँ– मनाङ जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सम्बद्ध उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट उम्मेदवार रहेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिन निवेदन पेश गरेका हुन्।

    तोकिएको समय सीमाभित्र निवेदन दर्ता भएसँगै उनीहरूको मनोनयन खारेज भएको कार्यालयले जनाएको छ।

    स्रोतका अनुसार एमालेले मनाङमा नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्ने रणनीतिअनुसार आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता गराएको हो।

    यस घटनाक्रमले मनाङको निर्वाचन प्रतिस्पर्धा समीकरणमा परिवर्तन आएको छ।