चार जना उपसचिव पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-06-22
  • 11:14:44
  • सोमबार,आषाढ ०८, २०८३
  • चार जना उपसचिव पदमा बढुवा सिफारिस

    चार जना उपसचिव पदमा बढुवा सिफारिस

    काठमाडौँ– चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा चार जना शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको हो ।

    आज (शुक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।

    बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, (राजपत्रांकित द्वितीय श्रेणी)अन्तर्गत दुई जना र नेपाल कृषि सेवा, कृषि प्रसार समूह, (राजपत्रांकित द्वितीय श्रेणी)अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।