नागरिक लगानी कोषले माग्यो कर्मचारी (सूचना) - Chaitanya News
  • 2026-04-26
  • 20:58:18
  • आइतबार,बैशाख १३, २०८३
  • नागरिक लगानी कोषले माग्यो कर्मचारी (सूचना)

    नागरिक लगानी कोषले माग्यो कर्मचारी (सूचना)

    काठमाडौँ– नागरिक लगानी कोषले कर्मचारी माग गरेको छ । कोषले रिक्त रहेका विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग गरेको हो।

    आज (शुक्रबार) कोषले एक सूचना जारी गर्दै सहायक अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो।

    कोषले सहायक अधिकृत (प्रशासन) छैटौँ तहमा दुई जना, सहायक कम्प्युटर अधिकृत (प्राविधिक)एक जना, वरिष्ठ सहायक (प्रशासन) एक जना र सहायक (प्रशासन) ७ जना गरी ११ जना कर्मचारी माग गरेको हो।

    योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।