दाङ–२ र कालीकोटमा एमाले–माओवादीबीच आपसी समर्थनको समझदारी - Chaitanya News
  • 2026-05-05
  • 13:38:50
  • मंगलबार,बैशाख २२, २०८३
  • दाङ–२ र कालीकोटमा एमाले–माओवादीबीच आपसी समर्थनको समझदारी

    दाङ–२ र कालीकोटमा एमाले–माओवादीबीच आपसी समर्थनको समझदारी

    काठमाडौँ– दाङ र कालीकोटका प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादीबीच परस्पर सहयोग गर्ने समझदारी बनेको छ।

    दुई दलका शीर्ष तहमा भएको छलफलपछि दाङ–२ र कालीकोटमा एक(अर्काका उम्मेदवारलाई समर्थन गर्ने सहमति कायम गरिएको हो।

    समझदारीअनुसार दाङ–२ मा माओवादीले एमालेका महासचिव शंकर पोखरेललाई सहयोग गर्ने निर्णय गरेको छ। सोही कारण माओवादीले उक्त निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाउने जनाएको छ। नेकपाका अनुसार दाङ–२ क्षेत्रमा पार्टीका करिब एक हजार छ सय सक्रिय सदस्य र करिब पाँच हजार हाराहारीमा शुभेच्छुक मतदाता रहेका छन्।

    यस्तै, कालीकोटमा भने माओवादीले आफ्ना महासचिव खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारेको छ। उक्त निर्वाचन क्षेत्रमा एमालेले माओवादी उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेको माओवादी पक्षको भनाइ छ।