सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको आज शपथ - Chaitanya News
  • 2026-05-07
  • 14:17:06
  • बिहिबार,बैशाख २४, २०८३
  • सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको आज शपथ

    सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको आज शपथ

    काठमाडौं-  सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिँदैछन् ।

    शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय गरिएको छ ।

    त्यसपछि रावलले अन्य ५२ जनालाई शुक्रबार दिउँसो साढे १ बजे शपथ गराउने छन् ।

    ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।