भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक - Chaitanya News
  • 2026-04-26
  • 08:30:43
  • आइतबार,बैशाख १३, २०८३
  • भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

    भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

    काठमाडौँ-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन भएको छ । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको जानकारी दिएका हुन् ।

    उनले सामाजिक संजाल मार्फत एक शानदार शताब्दीको ईश्वरको चरणमा विराम भएको उल्लेख गरेका छन् ।

    मोदीले लेखेका छन्- ‘एक गौरवशाली शताब्दी भगवानको चरणमा विराम… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यतामा प्रतिबद्ध जीवन रह्यो ।’

    हीराबेनको सय बर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि केहि दिनअघि मात्र अहमदावादस्थित अस्पताल भर्ना गरिएको थियो । गत जुन १८ मा मोदीले आफ्नी आमाको १००औ जन्मदिन मनाएका थिए ।