चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रेरक वक्ता तथा (NRNA) सद्भावना दूत ओजस्वी आचार्य ‘चैतन्य युवा प्रतिभा सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 15:49:59
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रेरक वक्ता तथा (NRNA) सद्भावना दूत ओजस्वी आचार्य ‘चैतन्य युवा प्रतिभा सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रेरक वक्ता तथा (NRNA) सद्भावना दूत ओजस्वी आचार्य ‘चैतन्य युवा प्रतिभा सम्मान’बाट सम्मानित

    धनगढी- चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा एन.आर.एन.ए. सद्भावना दूत तथा दमकडा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत वाक्कलाका प्रभावशाली प्रस्तोता ओजस्वी आचार्यज्यू लाई “चैतन्य युवा प्रतिभा सम्मान” प्रदान गरिएको छ। देश–विदेशमा रहँदै नेपाली पहिचान, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवर्द्धनमा सक्रिय योगदान पु¥याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

    महोत्सवको आठौँ  दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा सञ्चारकर्मी डा.नवराज लम्साल, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित आचार्यलाई सम्मान गरेका हुन ।

    वाक्कला, काव्य प्रस्तुति तथा युवामुखी प्रेरणादायी कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएकी आचार्यले नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको भनाई रहेको छ । उनका बहु आयामिक प्रतिभा र सामाजिक अभियन्ताको भूमिकाले युवा पुस्तामा आत्मविश्वास र देशप्रतिको जिम्मेवारी भाव जागृत गराएको समेत जोशीले बताए ।

    सम्मान ग्रहण गर्दै आचार्यले चैतन्य पाठशालाले प्रदान गरेको सम्मानलाई जीवनको महत्त्वपूर्ण प्रेरणा मानेर आगामी दिनमा पनि नेपाली पहिचान, युवा शक्ति र सामाजिक सद्भावका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले युवाहरूलाई सीप, सृजनशीलता र सकारात्मक सोचमार्फत समाज रूपान्तरणमा सहभागी हुन समेत आग्रह गरिन ।

    विद्यार्थीलाई सृजनशील, राष्ट्र प्रेमी र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ यस्ता प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्ने परम्परा चैतन्य पाठशालाले अघि बढाएको प्राचार्य प्रेमनिधि ओझाले बताए । उनका अनुसार विद्यार्थीले प्रतिभा र प्रयासले विश्वभर नेपालीको पहिचान स्थापित गर्न सकिन्छ भन्ने सन्देश दिनु महोत्सवको प्रमुख उद्देश्य हो।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत साहित्यिक, सांस्कृतिक, शैक्षिक, खेलकुद तथा वैज्ञानिक गतिविधिसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको र आज समापन गरिएको आयोजकले जनाएको छ।