चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. दिर्घ राज जोशी ‘राष्ट्रिय शैक्षिक योगदान सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 16:13:22
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. दिर्घ राज जोशी ‘राष्ट्रिय शैक्षिक योगदान सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. दिर्घ राज जोशी ‘राष्ट्रिय शैक्षिक योगदान सम्मान’बाट सम्मानित

    धनगढी– चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(KAHS), जुम्लाका उप–प्राध्यापक डा. दिर्घ राज जोशीलाई “राष्ट्रिय शैक्षिक योगदान सम्मान” प्रदान गरिएको छ । औषधि विज्ञान, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउँदै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र अनुसन्धान अनुभवलाई स्वदेशमै प्रयोग गरी राष्ट्र सेवामा समर्पित भएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    महोत्सवको विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला तथा कदर चिन्हसहित डा. जोशीलाई सम्मान गरिएको थियो । महोत्सवको आठौँ दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा सञ्चारकर्मी डा.नवराज लम्साल, विशिष्ट अतिथि सशस्त्र प्रहरीवल नेपालको लागूपदार्थ दुर्वेशनी विरुद्धका जागरण दूत ,ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित डा. जोशीलाई सम्मान गरेका हुन ।

    डा. जोशीले “नेपाल प्रथम; मेरो देश, मेरो जिम्मेवारी” भन्ने भावनालाई व्यवहारमा उतार्दै शैक्षिक, वैज्ञानिक तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । उनले औषधि विज्ञानको क्षेत्रमा अनुसन्धान, शिक्षण तथा स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न कार्यक्रममार्फत उनले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सुधारमा योगदान सराहनीय रहेको समेत जोशीको भनाई रहेको छ ।

    सम्मान ग्रहण गर्दै डा. जोशीले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै भविष्यमा पनि देशकै माटोमा बसेर शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवापुस्तालाई स्वदेशमै अवसर खोज्दै अनुसन्धान, नवप्रवर्तन र सेवामार्फत राष्ट्र निर्माणमा योगदान दिन आग्रह समेत गरे।

    विद्यार्थीलाई देशप्रति जिम्मेवार, सेवा भावी र अनुसन्धानमुखी बनाउने उद्देश्यले यस्ता राष्ट्रिय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा सुरु गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । “विद्यार्थीले आफ्नै देशमै रहेर पनि विश्व स्तरीय योगदान दिन सकिन्छ भन्ने प्रेरणा दिनु नै मूल उद्देश्य रहेको समेत प्राचार्य ओझाले बताएका हुन ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवको पहिले दिनदेखि नै साहित्यिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भएका थिए । विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको ओजना गरिएको र आज समापन गरिएको आयोजकले बताएको छ ।