कांग्रेसको विशेष महाधिवेशनः जम्मा मतदाताको संख्या चार हजार ७४३ जना - Chaitanya News
  • 2026-04-27
  • 16:02:35
  • सोमबार,बैशाख १४, २०८३
  • कांग्रेसको विशेष महाधिवेशनः जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

    कांग्रेसको विशेष महाधिवेशनः जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

    काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान गरेको छ।

    आज केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन्।

    त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ। कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो। यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ। समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ रहेको छ।

    विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक मनोजमणि आचार्य अहिले एक साथ तीनवटा काम भइरहेको बताए। ‘बन्दसत्र जारी छ, वार्ता संवाद भइरहेको छ। निर्वाचन कार्यतालिका प्रकाशित गरेर निर्वाचनको काम अघि बढेको छ,’ उनले भने, ‘संवाद सकारात्मक भए ठिक छ, नभए नयाँ कार्यसमिति बन्छ।’