कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेका लागि मतदानको समय तोकियो - Chaitanya News
  • 2026-04-27
  • 16:02:30
  • सोमबार,बैशाख १४, २०८३
  • कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेका लागि मतदानको समय तोकियो

    कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेका लागि मतदानको समय तोकियो

    काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन्।

    सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ।

    सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ।

    दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ। साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ।

    पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ।

    खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ।