जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल जेन जेडफ्रन्टको समर्थनमा प्रतिनिधि सभाको निर्वाचन लड्ने - Chaitanya News
  • 2026-04-27
  • 16:02:35
  • सोमबार,बैशाख १४, २०८३
  • जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल जेन जेडफ्रन्टको समर्थनमा प्रतिनिधि सभाको निर्वाचन लड्ने

    जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल जेन जेडफ्रन्टको समर्थनमा प्रतिनिधि सभाको निर्वाचन लड्ने

    काठमाडौँ– नेपाल जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्।

    अधिवक्तासमेत रहेका उनीहरू जेन जेडफ्रन्टको समर्थनमा चुनाव लड्ने भएका हुन्।

    ओझा झापा क्षेत्र नं.५ बाट चुनाव लड्ने छन् भने खनाल नवलपुर–२ बाट चुनाव लड्ने तयारीमा छन्। यदि झापा–५ मा बालेन साह उठ्ने भएमा ओझाले झापाकै अरु कुनै क्षेत्रबाट उठ्ने तयारीमा छन्।

    भाद्र २३ र २४ मा भएको जेन जेड आन्दोलनमा अग्रपङ्क्तिमा सहभागी भएका र आन्दोलनपश्चात् त्यसका एजेण्डा स्थापित गर्न तथा म्यान्डेट कार्यान्वयन गराउन निरन्तर सक्रिय रहेका ओझा र खनाल अब संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको नेपाल जेन जेड फ्रन्टका संगठन प्रमुख युजन राजभण्डारीले बताएका छन्।

    राजभण्डारीका अनुसार जेन जेड फ्रन्ट पार्टीगत राजनीति गर्न मात्रै गठन गरिएको मोर्चा होइन। फ्रन्टभित्र सडकमै खबरदारीको लागि रहनेहरू सँगै संसदीय राजनीतिमा जान चाहनेहरू पनि छन्। कतिपय सदस्यहरू तत्कालका लागि स्थानीय तह वा प्रदेश स्तरमा राजनीति गर्ने तयारीमा छन्।