काठमाडौँ– तीन जना निजामती कर्मचारी उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गर्दै रिक्त उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।
बढुवा समितिको सोमवारको निर्णयअनुसार नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत एक जना, नेपाल कृषि सेवा, बाली विकास समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत एक जना र नेपाल कृषि सेवा, बाली संरक्षण समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत एक जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।
![]()