काठमाडौँ– आज (मंगलबार) नेपाली काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुने भएको छ। विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोली वार्तामा बस्न लागेको हो।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्द सत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड वार्तामा सहभागी हुनेछन्। विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्। वार्ता केही समयमा सुरु हुनेछ।