चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न - Chaitanya News
  • 2026-04-27
  • 17:19:20
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न

    धनगढी-चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

    प्रतियोगितामा चैतन्य पाठशालाकी जेनी चौधरी प्रथम स्थान हासिल गर्न सफल भएकी छन् भने डिलाइट इङ्लिस बोर्डिङ स्कुलकी जेनिसा जोशी द्वितीय र एक्सिस विद्याश्रमका दिवस जोशी तृतीय स्थानमा रहेका छन् ।

    प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सामाजिक यथार्थ, राष्ट्रिय भावना, प्रकृति, शिक्षा तथा जीवन दर्शनसँग सम्बन्धित मौलिक कविता प्रस्तुत गर्दै आफ्नो साहित्यिक प्रतिभा प्रदर्शन गरेका थिए।

    कार्यक्रमको प्रमुख अतिथिको रूपमा कैलरी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरी रहेका थिए भने प्रेरक उपस्थितिको रूपमा साहित्यकार तथा सञ्चारकर्मी डा। नवराज लम्साल रहेका थिए ।

    कविता प्रतियोगिताको निर्णायक मण्डलमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशी, साहित्यकार कोपिला शर्मा र धनगढी नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्र राज ओझा रहेको थिए ।

    यस्ता साहित्यिक प्रतियोगिताले विद्यार्थीको अभिव्यक्ति क्षमता, आत्मविश्वास र सृजनशील सोच विकासमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनु पर्नेमा निर्णायकका रूपमा रहनु भएकी कोपिला शर्माले जोड दिइन ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, खेलकुद, सांस्कृतिक तथा विविध प्रतिभा प्रदर्शनका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।