चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा महिला उद्यमी सरस्वती पन्त सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 17:18:24
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा महिला उद्यमी सरस्वती पन्त सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा महिला उद्यमी सरस्वती पन्त सम्मानित

    धनगढी- स्वदेशी आयुर्वेदिक ज्ञान, प्राकृतिक उपचार पद्धति तथा उद्यमशील सोचमार्फत स्वास्थ्य सेवा प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी उच्चाकोटी औषधालयकी सञ्चालक तथा महिला उद्यमी सरस्वती पन्तलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य उत्कृष्ट महिला उद्यमी सम्मान’ प्रदान गरिएको छ ।

    स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आयुर्वेद औषधालय सञ्चालनमार्फत समुदायको स्वास्थ्य प्रवर्द्धन र महिलाको आर्थिक सशक्तीकरणमा सक्रिय भूमिकाका कारण उनलाई महोत्सवको आज सातौँ दिन कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरी , चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित भण्डारीलाई सम्मानित गरिएको हो।

    सम्मान ग्रहण गर्दै पन्तले चैतन्य पाठशालाप्रति आभार व्यक्त गर्दै आयुर्वेदिक उपचार र प्राकृतिक जीवनशैलीप्रति जनचेतना फैलाउने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले महिलाहरूलाई आत्मनिर्भर बन्न उद्यमशील सोच अपनाउन प्रेरित गरिन्।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, खेलकुद, उद्यमशीलता तथा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।