चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा समाजसेवी छेदुलाल चौधरी सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 17:40:50
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा समाजसेवी छेदुलाल चौधरी सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा समाजसेवी छेदुलाल चौधरी सम्मानित

    धनगढी – निर्माण व्यवसाय तथा सामाजिक सेवाको क्षेत्रमा निष्ठा, इमानदारी र गुणस्तरीय कार्यशैलीमार्फत समाजमा सकारात्मक पहिचान स्थापित गर्दै आएका समाजसेवी छेदुलाल चौधरीलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य प्रेरणादायी समाजसेवी सम्मान’ प्रदान गरिएको छ ।

    गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा सक्रिय रहँदै निस्वार्थ सामाजिक सेवामार्फत समुदायको उत्थानमा उल्लेखनीय योगदान पु¥याएको उच्च कदर स्वरूप उनलाई महोत्सवको आज सातौँ दिन कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरी , चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित चौधरीलाई सम्मानित गरिएको हो।

    सम्मान ग्रहण गर्दै चौधरीले चैतन्य पाठशालाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सामाजिक सेवा र गुणस्तरीय निर्माणमार्फत समुदायप्रतिको दायित्व पूरा गरिरहने प्रतिबद्धता जनाए । उनले युवापुस्ताले इमानदारी, परिश्रम र सेवा भावलाई जीवनको मूल मूल्य बनाउनुपर्ने सन्देशसमेत दिएका छन् ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम निरन्तर भइरहेको आयोजकले जानकारी दिएको छ।