छ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-27
  • 19:08:29
  • सोमबार,बैशाख १४, २०८३
  • छ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    छ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– छ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले छ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो ।

    आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

    बढुवा समितिको आइतबार नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि अनिल खत्री रहेका छन्। यस्तै, सर्भे समूह राजपत्रांकित द्वितीय श्रेणीअन्तर्गत राजु कुमार द्विवेदी, राजमान श्रेष्ठ र द्वारिकानाथ धिताल रहेका छन्।

    यसैगरी कृषि प्रसार समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत नवराज पण्डित रहेको रहेका छन् भने बागवानी समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत रामकुमार यादवलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।