चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा लक्ष्मी राज भट्ट ‘चैतन्य युवा उद्यमी सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-09-15
  • 07:48:00
  • मंगलबार,भाद्र ३०, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा लक्ष्मी राज भट्ट ‘चैतन्य युवा उद्यमी सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा लक्ष्मी राज भट्ट ‘चैतन्य युवा उद्यमी सम्मान’बाट सम्मानित

    धनगढी –चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सिताराम डेरी, धनगढीका सञ्चालक लक्ष्मी राज भट्टलाई ‘चैतन्य युवा उद्यमी सम्मान’ प्रदान गरिएको छ।

    सुदूरपश्चिमको भूमिमा रहेर स्थानीय स्रोत र सम्भावनाको सदुपयोग गर्दै डेरी व्यवसायको स्थापना तथा सफल सञ्चालनमार्फत आत्मनिर्भरता, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

    उद्यमशील सोच, निरन्तर परिश्रम र व्यवसायप्रतिको निष्ठामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गरेको योगदानलाई सम्मान गर्दै महोत्सवको छैटौँ दिन चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र र दोसल्ला सहित सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्रा।डा। हेमराज पन्त, नेपाल पतञ्जलि योग समितिका मुख्य केन्द्रीय प्रभारी गुरु लवदेव मिश्र, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रूपमा उद्यमी भट्टलाई सम्मान गरेका हुन् ।

    सम्मान ग्रहण गर्दै उद्यमी भट्टले चैतन्य पाठशालाबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवालाई विदेशमुखी मात्र नभई आफ्नै ठाउँमा अवसर सिर्जना गर्न सकिने उदाहरण प्रस्तुत गर्न चाहेको बताएका हुन ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद तथा उद्यमशीलता क्षेत्रका योगदानकर्तालाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।