चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. रघुवीर भट्ट ‘गणित विशेषज्ञ सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-09-15
  • 07:47:16
  • मंगलबार,भाद्र ३०, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. रघुवीर भट्ट ‘गणित विशेषज्ञ सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. रघुवीर भट्ट ‘गणित विशेषज्ञ सम्मान’बाट सम्मानित

    धनगढी– चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिममा गणित शिक्षाको विकास, अनुसन्धान तथा अध्यापनको क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउँदै आउनु भएका शिक्षाविद् डा. रघुवीर भट्टलाई ‘चैतन्य गणित विशेषज्ञ सम्मान’ प्रदान गरिएको छ ।

    विद्यार्थीहरूमा तार्किक सोच, विश्लेषणात्मक क्षमता तथा सृजनशीलता विकास गर्न देखाउनु भएको समर्पण, निष्ठा र शिक्षण पेसाप्रतिको प्रतिबद्धताको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । डा. भट्टले लामो समयदेखि गणित शिक्षालाई व्यवहारिक, सरल र विद्यार्थीमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको पनि आयोजकको भनाइ रहेको छ ।

    महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणि नाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले समुहीक रूपमा डा। भट्टलाई सम्मान गरेका हुन् ।

    डा. भट्टको शिक्षण शैलीले विद्यार्थीमा गणितप्रतिको आत्मविश्वास र रुचि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको र उनका अनुसन्धान, प्रशिक्षण कार्यक्रम तथा मार्गदर्शनले सुदूरपश्चिम क्षेत्रमा गणित शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पारेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताएका छन् ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि विभिन्न विषयका विज्ञ र प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीलाई उत्प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।