चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा रबिन कान्त पन्त ‘उत्कृष्ट उत्प्रेरक युवा उद्यमी सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 21:18:21
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा रबिन कान्त पन्त ‘उत्कृष्ट उत्प्रेरक युवा उद्यमी सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा रबिन कान्त पन्त ‘उत्कृष्ट उत्प्रेरक युवा उद्यमी सम्मान’बाट सम्मानित

    धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कृषक र ग्रामीण समुदायको समृद्धितर्फ निरन्तर समर्पित रहँदै कृषि क्षेत्रमा नवप्रवर्तन, आधुनिक प्रविधि र दिगो विकासको अभ्यासमार्फत उल्लेखनीय योगदान पु¥याउँदै आएका रबिन कान्त पन्तलाई ‘उत्कृष्ट उत्प्रेरक युवा उद्यमी सम्मान’ प्रदान गरिएको छ ।

    कृषि ज्ञान, व्यावहारिक अनुभव र सामाजिक जिम्मेवारीमार्फत कृषकको जीवनस्तर उकास्न तथा उत्पादन प्रणालीलाई आधुनिक बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गरेको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । पन्तले कृषकलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि, बजार पहुँच र आयआर्जनका अवसर विस्तारमा निरन्तर काम गर्दै आएकोले उनलाई सम्मान गरिएको हो ।

    महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा। चिन्तामणि नाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले समुहीक रूपमा पन्तलाई सम्मान गरेका हुन् ।

    सम्मान ग्रहण गर्दै पन्तले कृषि केवल परम्परागत पेसा मात्र नभई उद्यमशीलताको ठुलो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै युवालाई कृषि प्रविधि, अनुसन्धान र व्यावसायिक सोचसँग जोडिन आग्रह गरेका छन् ।
    विद्यार्थीलाई कृषि, विज्ञान र प्रविधिको संयोजनमार्फत भविष्यमा रोजगारी सिर्जना गर्न सकिने सन्देश दिन यस्ता व्यक्तित्वलाई सम्मान गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान प्रदर्शनी, उद्यमशीलता प्रवद्र्धन कार्यक्रम तथा विभिन्न सम्मान समारोहहरू सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।