नेताहरूको कार्यविभाजनसहित एमालेले गर्‍यो अपानि जारी - Chaitanya News
  • 2026-05-06
  • 16:36:33
  • बुधबार,बैशाख २३, २०८३
  • नेताहरूको कार्यविभाजनसहित एमालेले गर्‍यो अपानि जारी

    नेताहरूको कार्यविभाजनसहित एमालेले गर्‍यो अपानि जारी

    काठमाडौँ– नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ।

    कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ। ‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरूप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ आज जारी अपानिमा भनिएको छ।

    चुनावमा खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ।

    ‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ।

    केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने पनि जानकारी दिइएको छ ।