रवि लामिछानेले भने: कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा - Chaitanya News
  • 2026-05-06
  • 16:35:52
  • बुधबार,बैशाख २३, २०८३
  • रवि लामिछानेले भने: कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा

    रवि लामिछानेले भने: कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन्।

    घिसिङले बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए।

    आज (बिहीबार) चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले भने, ‘उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंं। अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ।’

    केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो।

    सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो।