प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको काम जारी - Chaitanya News
  • 2026-05-06
  • 16:36:08
  • बुधबार,बैशाख २३, २०८३
  • प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको काम जारी

    प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको काम जारी

    काठमाडौँ– फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ।

    जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ सुरु भएको छ। आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ। जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक मतपत्र छपाइ हुनेछ।

    समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्द सूची बुझाएका छन्। यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दै छन्। यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ।