एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घट्यो - Chaitanya News
  • 2026-04-28
  • 00:42:43
  • सोमबार,बैशाख १४, २०८३
  • एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घट्यो

    एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घट्यो

    काठमाडौँ– एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घटेको छ। एक महिनाअघि (मंसिर २२ गते)प्रतिकिलो ४९.५० औसत मूल्य रहेको रातो आलु आज (पुस २२ गते) प्रतिकिलो २९.७५ रुपैयाँ औसत मूल्य कायम भएको छ

    यसअनुसार यो आलुमा ३९.९० प्रतिशतले मूल्य घटेको छ। यस्तै अघिल्लो महिना ४१.५० रुपैयाँ पतिकिलो औसत मूल्य रहेको भारतीय रातो आलु ३७.३५ प्रतिशतले घटेर २६ रुपैयाँ कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।