काठमाडौँ– दुई जना उपसचिव पदमा बढुवा सिफारिस भएका छन् । (आइतबार) बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने एक निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको आइतवारको निर्णयअनुसार नेपाल परराष्ट्र सेवा, राजपत्रकिंत द्वितीय श्रेणी (उपसचिव) पदका लागि किरण कुमार गुरुङ र अर्जुन घिमिरेलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।