अतिरिक्त स्वास्थ्य सचिव १२औं तह को बढुवाका लागि १४ जनाको आवेदन, को–को छन् ? - Chaitanya News
  • 2026-04-28
  • 02:05:30
  • सोमबार,बैशाख १४, २०८३
  • अतिरिक्त स्वास्थ्य सचिव १२औं तह को बढुवाका लागि १४ जनाको आवेदन, को–को छन् ?

    अतिरिक्त स्वास्थ्य सचिव १२औं तह को बढुवाका लागि १४ जनाको आवेदन, को–को छन् ?

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त अतिरिक्त स्वास्थ्य सचिव १२औं तह को बढुवाका लागि १४ जना वरिष्ठ चिकित्सकहरूले आवेदन दिएका छन्।

    मन्त्रालयको बढुवा समितिले आवेदनमा माग गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औं तहमा बढुवा प्रक्रिया सुरु गरेको थियो।

    मन्त्रालयले २८ मंसिरमा १५ दिनको समय दिएर आवेदन माग गरेको थियो। तोकिएको समयसीमाभित्रमा १४ जनाको आवेदन गरेको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ।

    आवेदन दिने चिकित्सकमा डा. कृष्ण प्रसाद पौडेल, डा। चुमनलाल दास, डा.रुना झा, डा. विनोविन्दु शर्मा, डा. राजन पाण्डे, डा.चन्द्रभाल झा, डा. युदुचन्द्र घिमिरे छन्।

    त्यसैगरी डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल, दुर्गालक्ष्मी श्रेष्ठ, डा.किरणमणि पौडेल, डा. प्रमोद यादव, डा.अभय पोखरेल, डा. विष्णु प्रसाद शर्मा छन्।

    अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छँदै गत १९ कात्तिकमा राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा अहिले बढुवा प्रक्रिया अघि बढाइएको हो।

    हाल महाशाखाले आवेदनहरूको प्रारम्भिक जाँच र रुजु प्रक्रिया सुरु गरेको छ।

    प्रशासन महाशाखाका अनुसार आवेदन फारम, कार्यसम्पादन मूल्यांकन (कासमु) तथा अन्य आवश्यक कागजातहरूको परीक्षण गरी नम्बर गणना गर्ने काम भइरहेको छ।

    गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा गरेका एघारौँ तहका कर्मचारीमात्र बढुवाका लागि योग्य हुनेछन्।