सरकारले गर्‍यो घनश्याम पराजुलीलाई सचिवमा बढुवा - Chaitanya News
  • 2026-06-23
  • 07:36:40
  • मंगलबार,आषाढ ०९, २०८३
  • सरकारले गर्‍यो घनश्याम पराजुलीलाई सचिवमा बढुवा

    सरकारले गर्‍यो घनश्याम पराजुलीलाई सचिवमा बढुवा

    काठमाडौँ– सरकारले घनश्याम पराजुली सचिवमा बढुवा गरेको छ। एक मन्त्रीका अनुसार, आज (सोमबार) सिहँदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

    लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी उपमहालेखापरीक्षक (सचिव) पदमा उनी यसअघि दुई पटक पहिलो नम्बरमा सिफारिस भए पनि पछिल्ला अधिकारीहरूलाई बढुवा गर्दा छुट्दै आएका थिए। तर पछिल्लो सरकारले सबै क्षेत्रमा सिनियारिटीलाई नै आधार मानेर बढुवा गर्दै आएको कारण उनी स्वाभाविक रूपमा बढुवा भएका हुन्।