काठमाडौँ– खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई दिइएको छ ।
आज (आइतबार) राष्ट्रपति पौडेलले मन्त्री परियारलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
![]()