सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ, कस्तो आउला फैसला ? - Chaitanya News
  • 2026-04-26
  • 06:09:50
  • आइतबार,बैशाख १३, २०८३
  • सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ, कस्तो आउला फैसला ?

    सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ, कस्तो आउला फैसला  ?

    काठमाडौं –  क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेसी तोकिएको छ ।

    उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको उनका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिएका छन् । यसअघि गत ७ पुसका लागि पेसी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेसी सरेको थियो ।

    आजको पेसी भने नसर्ने घिमिरेले बताएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । एक नाबालिग किशोरीमाथि बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।

    पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेस गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

    तिनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो । यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए ।

    नाबालिगले जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो ।