१४ जना सहसचिव पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-04-28
  • 08:33:48
  • मंगलबार,बैशाख १५, २०८३
  • १४ जना सहसचिव पदमा बढुवा सिफारिस

    १४ जना सहसचिव पदमा बढुवा सिफारिस

    काठमाडौँ– बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

    आज (आइतबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गरी रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारि गरेको हो ।

    जारी सचना अनुसार, नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १२ जना तथा नेपाल लेखा परीक्षा सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।