काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन्। आज (बिहीबार) धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन्।
‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ। त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन। महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन। त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ।’
कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए। अगाडि भनेका छन्, ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ।’