काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि ५ जना उम्मेदवार सिफारिस गरेको छ।
एकीकरण पूर्वका क्षेत्रीय कमिटीको संयुक्त बैठकले बिहीबार ५ जनाको नाम सिफारिस गरिएको साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक निर्मल शाहले जानकारी दिए।
पार्टीले शाहको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ। यस्तै प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम पनि जिल्लालाई सिफारिस गरेको छ।
पुनमगरको नाम जेनजीको तर्फबाट सिफारिस गरिएको शाहले बताए।
यहाँबाट कांग्रेसले यसअघि नै ४ जनाको नाम सिफारिस गरिसकेको छ। नेतृ आरजु राणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह, धनगढीका पूर्वमेयर नृपबहादुर ओड र विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तको नाम क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय समितिमा सिफारिस भइसकेको छ।