प्रतिनिधि सभा निर्वाचनः रेनु दाहाल चितवन– ३ बाट सर्वसम्मत सिफारिस - Chaitanya News
  • 2026-05-07
  • 01:10:49
  • बुधबार,बैशाख २३, २०८३
  • प्रतिनिधि सभा निर्वाचनः रेनु दाहाल चितवन– ३ बाट सर्वसम्मत सिफारिस

    प्रतिनिधि सभा निर्वाचनः रेनु दाहाल चितवन– ३ बाट सर्वसम्मत सिफारिस

    काठमाडौँ– भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

    सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं(३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो।

    उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिएका छन्।

    भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ।

    सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैँ उपस्थित भएकी दाहालले महानगरपालिकामा झन्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधैँ साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन्।

    उनले विगतमा काठमाडौँमा उम्मेदवार बनेर हार्न समेत तयार भएको परिस्थितिको समेत सामना गरिसकेको भन्दै चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन्।

    उनले भरतपुर र माडी क्षेत्रका जनताको अपार माया र साथ सदैव पाइरहेको भन्दै सिंगो जीवन नै जनताको सेवामा समर्पित गरेको बताइन्।

    चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन्। २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस निर्वाचन क्षेत्रबाट जित हात पारेका थिए।

    २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा। भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बनेका थिए।

    सो निर्वाचनमा काँग्रेसबाट विद्रोह गरेर दिनेश कोइराला एमालेको समर्थनमा ‘माछा’ चुनाव चिह्न लिएर निर्वाचन लडे पनि पराजित बनेका थिए।